चन्द्रागिरि नगरक्षेत्रमा नयाँ निजी डिप बोरिङ खन्न रोक
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका विभिन्न इलाका निजी तबरबाट भूमिगत पानी तान्न डिपबोरिङ गर्ने प्रवृत्ति बढेको जनाउँदै त्यस्ता डिपबोरिङ खन्न रोक लगाएको छ ।
बिहीबार एक सूचना जारी गर्दै नगरप्रमुख घनश्याम गिरीले सो जानकारी दिएका हुन् ।
सूचनामा भनिएको छ- मातातिर्थ, मच्छेगाउँ, पानीघाट लगायतका पानीका स्रोत भएका संवेदनशील भाैगाेलिक क्षेत्रमा रहेका मुहानहरू सुकेको र ती स्थानमा व्यापारिक प्रयोजनका निमित्त अनुमति बिना हाल निजी बोरिङ खन्न थालिएको जनगुनासो बढेपछि नगरले सो निर्णय गरेको हो ।यस बारेमा चन्द्रागिरि नगर कार्यपालिकाको बैशाख २९ गतेको बैठकमै निर्णय भएको पनि सूचनामा उल्लेख छ ।
सूचना हेराैं











