रास्वपाको वडा अधिवेशन आज, चन्द्रागिरिका केहि वडामा नयाँ समिति चयन हुँदै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर वडा अधिवेशन गर्दै छ ।

गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो ।

करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन् । तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ ।

तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन आज हुने संगठन विभाग सचिव शंकर श्रेष्ठले जानकारी दिए ।

दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रास्वपाले जेठ ३ अघि तदर्थ समिति बन्ने वडाहरूको हकमा भने जेठ १६ गते वडा अधिवेशन गर्ने मिति तोकेको छ ।

पालिका अधिवेशन पनि दुई चरण गर्ने मिति तोकिएको छ । जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ ।

कुनै पालिकाको वडाहरू मध्ये ३० प्रतिशत र जिल्लाको हकमा पनि ३० प्रतिशत पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रहेको छ ।

रास्वापाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ ।

प्रदेश अधिवेशन जेठ २६ बाट सुरु गरेर असार १ गते सक्ने कार्यतालिका बनाइएको छ । प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ ।

पार्टी गठन भएको ठीक चार वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको रास्वपाले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाका केही वडामा अधिवेशन सम्पनन भएको बताएको छ । केही वडामा आज अधिवेशन हुने रास्वपाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *