आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्षको वृद्धिदर ३.८५ प्रतिशत रहने सरकारको अनुमान छ ।

अर्थ मन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक सर्वेक्षण २०८२/८३ प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा न्यून दरमा विस्तार हुने जनाएका हुन् ।

विद्युत्, तथा ग्यास क्षेत्रमा उल्लेख्य वृद्धि भए पनि यातायात तथा भण्डारण, सूचना तथा सञ्चार, खुद्रा व्यापारलगायत क्षेत्रमा भएको सामान्य वृद्धि र कृषि क्षेत्रको न्यून वृद्धिका कारण आर्थिक वर्ष ०८२/८३ मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने जनाए ।

गत आर्थिक वर्ष यस्तो वृद्धि ४.४३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्र आधारभूत मूल्यमा ३.६८ प्रतिशतले विस्तार हुने अनुमान छ । गत आर्थिक वर्ष यस्तो विस्तार ३.८० प्रतिशत रहेको थियो ।

धान बालीको उत्पादन घटे पनि गहुँ, मकै, कोदो, औद्योगिक बाली र पशुजन्य उत्पादन, फलफूललगायत हिउँदे बालीको उत्पादनमा भएको वृद्धिका कारण कृषि क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर तुलनात्मक रूपमा न्यून रहने सरकारको अनुमान छ ।

विद्युत् उत्पादन, यातायात, थोक तथा खुद्रा व्यापार वित्तीय क्षेत्रको कारोबारमा भएको वृद्धि तथा सूचना प्रविधि सेवामा भएको विस्तारले सेवा क्षेत्रमा वृद्धि हुने अनुमान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *