रास्वपा चन्द्रागिरि नगर सभापतिमा केसी र बस्नेतको उमेदवारी, उपसभापति श्रेष्ठ सर्वसम्मत

Thankot Times

थानकोट ।

सतुङ्गलमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर कमिटिको पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केहीबेरमा चुनाव हुँदैछ ।

प्राप्त विवरण अनुसार सभापति पदमा निवर्तमान अध्यक्ष जनार्दन केसी र निवर्तमान सचिव मधुकर बस्नेतले नाम दर्ता गराएका छन् ।

उपसभापतिमा भने करुणा श्रेष्ठ निर्विरोध चयन भएकी छन् ।

रास्वपा नगर कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र ११ जना सदस्य निर्वाचित हुनेछन्।

तीमध्ये महिला सदस्य कम्तीमा ५ जना र दलित समुदायबाट कम्तीमा १ जना अनिवार्य रहने व्यवस्था छ ।

कुन पदमा कसको उमेदवारी ? सूची हेराैं

  • सभापति-१ पद
    जनार्दन केसी
    मधुकर बस्नेत
  • उपसभापति-१ पद
    करुणा श्रेष्ठ
  • सचिव-१ पद
    भरत प्रसाद आचार्य
    मन्दिरा थापा
    दिल कुमार कार्की
  • सह-सचिव-१ पद
    ज्ञानदास महर्जन
    वीरदास तामाङ
  • सदस्य-११ पद
    हिरामणि अधिकारी
    तिर्थराज खत्री
    देवकी रायमाझी
    रामहरी लामा
    सुधा कार्की
    राज श्रेष्ठ
    कमला नेउपाने
    कुमार प्रसाद शिलवाल
    अनोज थापा
    किरण पुरी
    पूर्णकमार महर्जन
    मनोज घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ