नागढुङ्गा नाकाबाट प्रहरीले बरामद गर्यो भन्सार छलीका १६ थान आईफोन

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले नागढुङ्गा नाकाबाट १६ थान आईफोन नियन्त्रणमा लिएको छ ।

भन्सार छलीका १६ थान आईफोन जेठ २६ गते बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार बुटवलबाट काठमाडाैंतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रु बसलाई प्रहरी प्रभाग नागढुङ्गासमेतबाट खटिएको संयुक्त प्रहरी टोलीे चेकजाँच गर्ने क्रममा उक्त बसको चालक सिट नजिकै झोलामा राखिएको अवस्थामा सो परिमाणको मोबाइल बरामद भएको थियो ।

ती मोबाइल बीजक बिनाको भएको र मूल्य करिब ७ लाख रुपैयाँ भएको बताइएको छ ।

हाल ती मोबाइल त्रिभुवन विमानस्थल भन्सार कार्यालय दाखिला गरिएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *