मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत
थानकोट ।
मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको भेटिएको छ ।
भन्सार विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको प्रतिवेदन दिएको जनाएको छ ।
ती सवारीसाधन गत जेठ १४ गते नेपाल प्रवेश गरेको थियो ।
अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती सवारीसाधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको थियो ।
सोही मितिसम्म भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए ।
अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको थियो ।










