टिकटकमा भाइरल भिडियाेले लियो ‘सई साब’को जागिर
Policeथानकोट ।
सामाजिक सञ्जाल टिकटकमा प्रहरी नायब निरीक्षक (सई) नाचेको भिडिओ भाइरल भएपछि उनको जागिर नै गएको छ ।
रौतहटको गढीमाई-६ धरमपुरमा लागेको मेलामा बर्दीसहित ड्युटीमा रहेका सई राजकिशोर साह नाच्नका लागि स्टेज उक्लिएका थिए । त्यहाँ केही युवतीहरू पहिले नै नाँचिरहेकाे देखिन्छ ।
स्टेज चढेपछि साह अमर्यादित तरिकाले युवतीहरूसँग नाच्न थाल्छन् ।
उनले स्टेज चढ्नुअघि फोटो वा भिडिओ नखिच्न भने तापनि त्यहीँका एक दर्शकले टिकटक लाइभ गरिरहेका हुन्छन् ।
सई नाचेको भाइरल भिडिओमा कमेन्टकाे वर्षात् आउन थाल्यो ।
उक्त भिडिओ फेसबुकसहित अन्य सामाजिक सञ्जालमा पनि शेयर भएपछि थप भाइरल बन्याे ।
भिडिओलाई लिएर निकै आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय राैतहटले साहलाई जागिरबाट निलम्बन गरेकाे छ ।












