नागढुङ्गाबाट समातिए ३१ वर्षीय खड्का

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना युवा समातिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त पदार्थ ५ ग्राम ४ सय १० मिलिग्राम सहित उदयपुर बेलका नगरपालिका-१ बस्ने ३१ वर्षीय संजिब खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२-००२ ख ०५४१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ