कीर्तिपुरमा आज चाैथो नगरव्यापी पुरूष पाैडी प्रतियोगिता हुँदै
थानकोट ।
गथांमुगः चह्रेको अवसरमा कीर्तिपुर नगरपालिका-०३ मा आज मंगलबार चाैथो कीर्तिपुर नगरव्यापी पुरूष पाैडी प्रतियोगिता आयोजना हुँदैछ ।
स्थानीय भिं पुखूमा सो प्रतियोगिता सञ्चालन हुने वडाध्यक्ष सुविन्द्र महर्जनले जानकारी दिए ।
कीर्तिपुर नगरपालिका वडा नं. ३ को कार्यालय र खासी बजार क्लबले यस प्रतियोगिता संयोजन गरेका हुन् ।
कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने वडाध्यक्ष महर्जनको भनाइ छ ।










