नागढुङ्गा घट्टेडाँडाबाट २ वटा पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमा, एकजना पक्राउ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ स्थित घट्टेडाँडाबाट प्रहरीले चोरीको मोटरसाइकलसहित एक जना युवालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार बुधबार अपरान्ह ४ः४० बजे प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीद्वारा चेक जाँच गर्ने क्रममा धादिङका बेल बहादुर तामाङले ल्याएको बा प्र. ०२-०४२ प ८२४० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो । सो मोटरसाइकल चोरीको भएको प्रहरीको भनाइ छ ।

प्रहरीले तामाङलाई समेत नियन्त्रणमा लिएको छ ।

यस्तै, प्रहरीले सोही स्थानमा चेक जाँचका क्रममा बा. प्र. ०२३ प १८६३ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

यी घटनामा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धात भइरहेको जिल्ला प्रहरी परिसर काठमाडाैंका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । 

कृतम बुद्धिमत्ता प्रयोग गरि सिर्जित प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *