ब्रड पिक हिमालमा निधन भएका थप तीन नेपाली पर्वतारोहीको शव मंगलबार काठमाडाैं ल्याइने

Thankot Times

थानकोट ।

पाकिस्तानको ब्रड पिक हिमालमा हिम पहिरोमा परी निधन भएका थप तीन जना नेपाली पर्वतारोहीको शव मंगलबार नेपाल ल्याइने भएको छ ।

किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानमार्फत साँझ पाैने पाँच बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि पुरबहादुर गुरुङ युक्तको शव २१ साउनमा नेपाल ल्याएर अन्तिम संस्कार गरिसकिएको छ ।

दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *