आज शनिबार कतै यात्रा गर्ने तयारीमा हुनुहुन्छ ? साथमा छाता भिर्न नभुल्नुहोला, भारी वर्षा हुने महाशाखाको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । राति र दिउँसो केही प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने जानकारी दिएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान र मधेस,  कोसी तथा वाग्मती प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपासमा छ ।  पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *