बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे चीनका प्रधानमन्त्री
थानकोट ।
चीनका प्रधानमन्त्री ली छ्याङ बिहीबार दिउँसो दक्षिणपश्चिम चीनको शिजाङ स्वायत्त क्षेत्रस्थित ग्यिरोङ टाउनसिप पुगेका छन् ।
बुधबार बिहान उक्त क्षेत्रमा ठूलो पहिरो गएको थियो ।
प्रधानमन्त्री ली चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशनमा वरिष्ठ अधिकारीहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रमा पुगेका हुन् ।
टोलीले पहिरोपछि जारी उद्धार तथा राहत कार्यको स्थलगत निरीक्षण गरिरहेको छ ।
साथै, उद्धार तथा राहतमा खटिएका कर्मचारीसँग भेटघाट गर्नुका साथै विपद्बाट प्रभावित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।











