आजकाे माैसम पूर्वानुमान, बागमतीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ ।

कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

देशका पहाडी भूभागका धेरै स्थानमा चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ