उद्धार कोषमा महादेवस्थान खानेपानीको १ लाख ५ हजार, पीडित उपभोक्ता परिवारलाई २५ हजार

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका महादेवस्थानस्थित महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार १ रुपैयाँ सहयोग गरेको छ ।

संस्थाको निर्णयअनुसार संस्थाका सल्लाहकार परिषद्, मूल कार्यसमिति, वडा प्रतिनिधि, कार्यरत कर्मचारीहरु तथा समस्त उपभोक्ताहरुका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सो रकम सहयोग गरिएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, संस्थाले रसुवा बाढी प्रभावित क्षेत्रबाट सम्पर्क विहीन भएका आफ्ना उपभोक्ताका परिवारका सदस्यहरूको खोजीका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ समेत सहयोग गर्ने भएको छ । सो सहयोग लिन सम्बन्धित वडा कार्यालायमार्फत संस्थामा सम्पर्क गर्नुपर्ने संस्थाले जनाएको छ ।

संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६, ७ क्षेत्रमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाअन्तर्गत ५ हजार भन्दा धेरै घरमा धारा जडान भइसकेका छन् ।

महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति नेपालमा अर्धसहरी क्षेत्रमा सञ्चालित नमुना खानेपानी आयोजनाका रुपमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *