भोलि चन्द्रागिरि र धुनिवेशीका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि ७ घण्टा बिजुली अवरुद्ध हुने
थानकोट ।
चन्द्रागिरि नगर र धुनिवेशी नगरका विभिन्न क्षेत्रमा भोलि आइतबार लगातार ७ घण्टासम्म बिजुली सेवा अवरुद्ध हुँदैछ ।
नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार मातातिर्थ फिडरअन्तर्गत चेकपोस्ट छापाली चोकदेखि पञ्चकन्या कारखानासम्म चोकदेखि हाइटेन्सन तारको स्तरोन्नति गर्ने कार्यका लागि उक्त फिडर सटडाउन हुनेछ । सोही समय भूमिगत विद्युतीय लाइनमा समेत कार्य हुनेछ ।
जसका कारण बौथलीचोक, बालागाउँ, किसिपिडी, महादेवस्थान, थानकोट, चेकपोस्ट, इटाखेल, पाल्देन प्लटिङ, घुमाउने, पानिघाट, गोदाम, केबलकार, सिलाफल, कोतघर, त्रिभुवन पार्क, मंगलोदय मावि, माटिखेल, सागबारी, खरिबोट, नागढुङ्गा, धुनिबेसी, चिसापानी, इन्द्रस्थान, झांगाझिटी, आँपचौर, महेशफाँट लगायतका क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली सेवा अवरुद्ध हुनेछ ।
साथै पूर्वनिर्धारित उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ ।











Batti 24 hour chayo