भोलि मंगलबार चन्द्रागिरिका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि ६ घण्टा बिजुली अवरुद्ध हुने
थानकोट ।
चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा भोलि (भदाै २३) मंगलबार लगातार ६ घण्टासम्म बिजुली सेवा अवरुद्ध हुँदैछ ।
नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार थानकोट फिडरअन्तर्गत गुर्जुधारा सानो मन्दिरदेखि बलम्बु पोखरी जाने सडक किनारका खम्बामा हाइटेन्सन तारको स्तरोन्नति गर्ने कार्यका लागि उक्त फिडर सटडाउन हुनेछ ।
जसका कारण पशुविकास, सृजनाचोक, खहरे, दहचोक, चुनदेवी लगायतका क्षेत्रमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली सेवा अवरुद्ध हुनेछ ।
साथै, पूर्वनिर्धारित उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले पछिल्लो समय चन्द्रागिरि नगरक्षेत्रभित्रका विभिन्न फिडरहरूमा हाइटेन्सन तारको स्तरोन्नति गर्ने कार्य गरिरहेको छ ।










