प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पद दुरुपयोग गरी १५६ जनालाई ठगी गर्ने २ जना पक्राउ

Thankot Times

थानकोट ।

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी १५६ जनालाई ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि इजरायल पठाउन सन् २०२४ मा लिइएको परीक्षामा सम्मिलितमध्ये छनोटमा नपरेका उनीहरूबाट दुई करोड ५० लाख ठगी गरेको आरोपमा रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका सिवाकोटी पक्राउ परेका हुन् ।

उनीहरूले इजरायल पठाइदिने भन्दै जनही रु छ लाख २० हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *