जिल्ला अदालत काठमाडौँ परिसरबाट ४ लाख ७९ हजार रुपैयाँसहित दुई जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँ जिल्ला अदालत परिसरमा रकम लेनदेन गरिरहेको अवस्थामा चार लाख ७९ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-६ का अजय थापा मगर र विदुर नगरपालिका-९ का हरिराम गिरी रहेको अदालतले जनाएको छ। उनीहरूलाई शुक्रबार अदालत परिसरबाट नियन्त्रणमा लिइएको हो।

अदालतका अनुसार लागुऔषध (खैरो हेरोइन) मुद्दामा बयानका लागि इजलाससमक्ष पेस गरिएका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिएर रकम लिइएको प्रारम्भिक विवरणमा देखिएको छ।

घलेकी पत्नीबाट अवैध रूपमा रकम लिएको आरोपमा थापा मगर र गिरीलाई नगदसहित पक्राउ गरिएको अदालतले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान अघि बढाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *