चन्द्रागिरिस्थित रिब्स माविका संस्थापक ‘डीबी सर’ को ८६ वर्षको उमेरमा निधन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविका संस्थापक एवं प्रधानाध्यापक डीबी (धनबहादुर) गुरूङको निधन भएको छ ।

गुरुङको ८६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।

उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिए ।

इलाम जिल्लामा जन्मिएका गुरुङ कृषि वैज्ञानिक तथा लेखकका रूपमा समेत परिचित थिए, उनका दुई छोरा छन् ।

गुरुङको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने रिब्स मावि प्रशासनले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *