चीनको ग्लोबल गभर्नेन्स फोरममा विद्यादेवी भण्डारीले सम्बोधन गर्ने

Thankot Times

थानकोट ।

चीन भ्रमणमा रहेकी पूर्वउपराष्ट्रपति तथा नेकपा (एमाले) की नेतृ विद्यादेवी भण्डारी हपई प्रान्तस्थित सिओङगानमा आयोजना हुने विश्वस्तरीय कार्यक्रममा सम्बोधन गर्ने भएकी छन् ।

ग्लोबल गभर्नेन्स फोरम २०२६ को अवसरमा चीन पुगेकी भण्डारी सहभागी कार्यक्रमको उद्घाटन चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नेछन् ।

कार्यक्रममा भण्डारीसहित जर्मनीका पूर्वचान्सलर गेरहार्ड स्रोडर, किर्गिजस्तानका पूर्वप्रधानमन्त्री दिजोमार्त ओतोरबाइभलगायत विभिन्न देशका उच्च अधिकारीदेखि संयुक्त राष्ट्रसंघ हुँदै अन्तर्राष्ट्रिय रेडक्रसका अधिकारी सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघको २०३० एजेन्डा, दक्षिण–दक्षिण सहकार्यलगायतका मुद्दामा कार्यक्रममा छलफल हुने बताइएको छ ।

कार्यक्रममा एआईदेखि मानवीय सहायता अनि सभ्यतासम्मको चर्चा हुने बताइएको छ । बहुध्रुवीय विश्वबारे पनि विभिन्न समानान्तर सेसनहरू कार्यक्रममा हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *