नेकपाको राष्ट्रिय जागरण अभियान सुरु

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।

शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो ।

अभियानको उद्घाटन गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका नाममा अपिल जारी गरेका छन् । अपिलमा मुलुक अहिले जटिल राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसबारे जनतालाई सुसूचित गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *