एसिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कपमा दोस्रोपटक छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एसिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए । विगतमा सीमित स्रोतसाधन र न्यून पारिश्रमिकका बाबजुद खेलाडीहरूले देशका लागि खेल्दै आएको स्मरण गर्दै उनले पछिल्लो समय खेलाडीलाई विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको उल्लेख गरे ।

अध्यक्ष चन्दले सरकारले पनि एसियाली प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको छ । तर, पछिल्लो समय विविध कारणले खेलाडीले पुरस्कार पाउन नसकेको बताए । उनले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *