नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
थानकोट ।
स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार भने सुन तोलामा दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ ।
चाँदी तोलामा तीन हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














