हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशभर आज दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार आज राति देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

मौसमको अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *