चन्द्रागिरि क्षेत्र हुस्सुले ढाक्यो, मौसम क्रमिक रूपमा सुधार हुँदै

Thankot Times

थानकोट ।

अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपालनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने हिमाली र पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

आज राति पनि देशभर आंशिक बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्नेछ ।

तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *