यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु
थानकोट ।
नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सुरु भएको छ ।
सुदूरपश्चिम क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को प्रवर्द्धनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका बीच क्यान अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरे ।
२४ गतेसम्म हुने प्रतियोगिताका खेल धनगढीको फाप्ला क्रिकेट मैदान र कञ्चनपुरको कर्भडहलको खेल मैदानमा भइरहेका छन् ।
प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । खेल फाप्ला मैदानमा भइरहेको छ ।










