मातातिर्थमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु, एकजना घाइते

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका–८ मातातिर्थस्थित सशस्त्र प्रहरी बल नेपालको शिक्षालय नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजे भएको सो दुर्घटनामा कञ्चनपुर, बेलौरी बस्ने अन्दाजी २५ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा चौधरीको मृत्यु भएको हाे  ।

दुर्घटनामा मोटरसाइकल  पछाडि सवार जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौँ जिल्ला, कीर्तिपुर बस्ने अन्दाजी ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन् ।

चौधरीको उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको हो ।  वाइबाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *