नागढुङ्गा-मुग्लिन सडक शनिबारदेखि दैनिक ५ घण्टा बन्द हुने

Thankot Times

थानकोट ।

नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउन शनिबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ५ मंसिरदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक आवागमन बन्द गरिनेछ ।

घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

उक्त समयमा नागढुंगा–मुग्लिन सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहनेछ ।

जिल्ला प्रशासन कार्यालयले निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न तथा सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।

थप जानकारी, समन्वय तथा सहजीकरणका लागि प्रशासनले सूचनामा उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *