फोटोमा मच्छेगाउँमा लाखे नाच प्रदर्शनी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा वर्षेनी आयोजना हुने लाखे नाच प्रदर्शनी शुक्रबारबाट सुरू भएको छ । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने प्रदर्शनीमा देशभरबाट लाखे नाच समुहहरूले सहभागिता जनाउने बताइएको छ । कार्यक्रम शनिबार साँझ समापन गरिने तालिका छ ।
आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अनुसार लाखे नाच प्रदर्शनीका लागि भक्तपुर, भोजपुर, खोटाङ, धादिङ, नुवाकोट, रामेछाप, दोलाखा, ललितपुर, कास्की, ताप्लेजुङ, ओखलढुङ्गा, मकवानपुर लगायतका जिल्लाका ४२ समुहले सहभागिताका लागि नाम दर्ता गराएका छन् । संघीय सांसद राजेन्द्रकुमार केसीले शुक्रबार प्रदर्शनीको उद्घाटन गरेका थिए ।
यस्तो देखियो पहिलो दिनको लाखे नाच प्रदर्शनीः

तस्बिरहरू सामाजिक सञ्जालबाट












