दसैंभरका लागि नहट्ने भयो कलंकी खसीबजार, दशैंपछि दहचोक सारिनेछ खसीबजार

Thankot Times

थानकोट ।

कलंकीस्थित खसीबजार तत्काल नहट्ने भएको छ ।

महानगरले यसअघि खसीबजार हटाउन सूचना जारी गरेको थियो । उपभोक्ताहरूको सुविधालाई मध्यनजर गर्दै दसैंभरका लागि कलंकी खसीबजार नहटाउने भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए।

‘हामीले हिजो महानगर प्रमुखसँग छलफल गरेका थियौं,’ ढकालले भने, ‘बजार दसैंभर नहटाउने निर्णय भएको छ।’

किसानले पहिल्यैदेखि त्यहीँ खसी बेच्दै आएकाले दसैंको मुखमा बजार नहटाउन महानगरलाई विभागले अनुरोध गरेको हो। ढकालका अनुसार दसैंपछि भने कंलकी खसी बजार हटाउने महानगरले बताएको छ। ढकालले भने ‘अहिले कलंकीमै बेच्छन्, पछि चन्द्रागिरिमा खुल्दैछ’ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *