सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो

Thankot Times

थानकोट ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार  तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *