फिफा विश्वकपः स्पेन र पोर्चुगल प्रि-क्वार्टरफाइनलमा प्रवेश

Thankot Times

थानकोट ।

स्पेन फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनल (राउन्ड अफ १६) मा प्रवेश गरेको छ ।

शुक्रबार बिहान अमेरिकाको लस एन्जलस रंगशालामा अस्ट्रियामाथि ३-० गोलको सहज जित निकालेर स्पेन प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रियाविरुद्ध ‍ पूरै हावी भएको खेलमा स्पेनका मिकेल ओयारजाबालले २ तथा पेड्रो पोरो १ गोल गरे । ओयारजाबाल ३६ र ८९ तथा पोरो ६६औँ मिनेटमा गोल गरेका थिए ।

अस्ट्रियाले खेल अवधिभर गोल गर्न कुनै अवर सिर्जना गर्न सकेन् ।

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा क्रोएसियाविरुद्ध पोर्चुगल विजयी भएको छ ।

शुक्रबार बिहान भएको खेलमा क्रोएसियालाई २-१ गोल अन्तरले पराजित गरेर पोर्चुगल विजयी भएको हो । जितसँगै पोर्चुगल प्रि-क्वार्टरफाइनलमा पुगेको छ ।

खेलको ५३औँ मिनेटमा इभान पेरिसिकको गोलमार्फत क्रोएसियाले अग्रता कायम गरेको थियो । यद्यपि, ६८औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि ९४औँ मिनेटमा पोर्चुगलका गोन्कालो रामोसले गोल गरे ।

खेलको इन्जुरी समयमा क्रोएसियाले गोल गरे पनि मान्यता पाएन । त्यसपछि खेल रोमाञ्चक बनेको थियो ।

त्यसपछि कुनै गोल हुन सकेन् ।

यो खेलमा विजयी भएको पोर्चुगलले अब क्वाटर्फाइनल पुग्न स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत अहिले पाैने ९ बजे अल्जेरिया र स्वीजरल्याण्डबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *