सतुंगल बःखु पुलनजिकै सवारी दुर्घटना हुँदा स्कुटर चालक २३ वर्षीय युवाको मृत्यु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-११ सतुंगलस्थित सिप्रदी नजिकै मंगलबार राति ट्रकमा स्कुटर ठोकिँदा १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक स्थायी ठेगाना बाग्लुङ जैनिनी नगरपालिका-६ भई थानकोट चेकपोष्ट बस्दै आएका अन्दाजी २३ वर्षीय किरण के.सी. रहेको ट्राफिक प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि गम्भीर घाइते भएका केसीको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा राती १ बजे मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

सडक छेउमा रोकिराखेको ना. ७ ख. ५७१२ नम्बरको ट्रकमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१०प ३२१७ नम्बरको स्कुटर राति करिब १२ बजे ठोकिएको थियो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित ट्रक चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको प्रहरी प्रभाग बलम्बुका प्रमुख सुभद्रा वाइबाले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *