यसकारण नागढुंगाबाट समातिए २६ वर्षीय सुरेश

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-२ बाडभञ्जाङबाट अवैध लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । 

गाँजाको धुलो दुई किलोग्रामसहित धादिङ गजुरी  गाउँपालिका-८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारेपछि तामाङलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *