नागढुङ्गा-दहचोक-रत्नपार्क रूटमा रिद्धि सिद्धि यातायातको सेवा तत्कालका लागि स्थगित

Thankot Times

थानकोट ।
रिद्धि सिद्धि यातायातले नागढुङ्गा-दहचोक-रत्नपार्क रूटमा सेवा तत्कालका लागि स्थगित गर्ने भएको छ ।
असार १४ गतेबाट लागु हुने गरी असार मसान्त वा सो रूटको सडक मर्मतको कार्य सम्पन्न नहुन्जेल सम्मका लागि सो यातायातले सेवा स्थगित गर्ने निर्णय गरेको सूचना सामाजिक सञ्जाल मार्फत जानकारी गराएको हो ।

सो क्षेत्रको सडक मर्मतको कार्य जारी रहँदा यातायात सञ्चालनमा जोखिम उत्पन्न भएको भन्दै रिद्धि सिद्धि यातायातले तत्कालका लागि यातायात सेवा स्थगित गरिएको जनाएको छ ।


2 thoughts on “नागढुङ्गा-दहचोक-रत्नपार्क रूटमा रिद्धि सिद्धि यातायातको सेवा तत्कालका लागि स्थगित

  1. काम हुने आफ्नो ठाँउ मा छ तर एसरी १५ दिन सम्म सवारी साधन नचलाउदा दहचोक बासिन्दा लाई मर्कामा पार्न मिल्दैन जहाँ बाट चलाउन मिल्ने हो त्यहाँ बाट चलाउदा ठिक होला खहरे हुँदै माथी बाट त आउन मिल्छ नै एति उति दिन बन्द भनि दिन तोक्नु भन्दा पनि कसरी समस्या को छिटै समाधान खोझ्ने तिर लागम विद्यार्थी तथा कर्मचारी लाई पनि येस्ले ठुलो असर पार्न जान्छ यो कुरा संबंधित ठाँउ सम्म पुगोस् धन्यवाद 🙏

  2. अब च.न.पा १ दहचोकको बाटो पनि युरोपेली मापदण्डअनुसारको ग्रेडमा स्तरउन्नति😂 गरि फेरि रिद्धिसिद्धी यातायात संचालन गर्न सम्पुर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौं🙏🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *