थानकोटबासीलाई एम्बुलेन्स प्रयोग गर्दा २५% छुट !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटका स्थानीयले एम्बुलेन्स प्रयोग गर्न पर्दा सहुलियत पाउने भएका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नंं ३ स्थित थानकोट आधारभुत स्वास्थ्य सेवा केन्द्रको साउन २५ गते बसेको बैठकले साउन २६ गते मंगलबारदेखि लागु हुने गरी थानकोट आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नंं ३ को एम्बुलेन्स प्रयोग गर्दा हाल लाग्ने शुल्कमा वडाका बासिन्दाहरूका लागि २५ प्रतिशत छुट दिने भएको हो ।

भारत सरकारले यो एम्बुलेन्स २०७८ चैत २४ सो स्वास्थ्य संस्थाबाट सञ्चालन हुने गरि हस्तान्तरण गरेको थियो ।

थानकोट स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण


Leave a Reply

Your email address will not be published. Required fields are marked *