सतुगंलमा स्कुटर र मोटरसाइकल ठोक्कियो

Thankot Times

थानकोट ।

सोमबार बिहान करिब ११ बजे कलंकी-नागढुंगा सडक खण्डको सतुगंल सिजी पार्क नजिकै मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका छन् ।

प्रदेश ३ ४० प ५९२९ नम्बरको स्कुटर तथा ८१५५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा चालकहरू घाइते भएका छन् ।

घाइते चालकहरूको उद्दार गरी अस्पताल पठाइएको प्रत्यक्षदर्शी दिपक तिमल्सिनाले जानकारी दिनुभयो ।

घाइतेहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तस्बिरः दिपक तिमल्सिना


Leave a Reply

Your email address will not be published. Required fields are marked *