सतुगंलमा माेटरसाइकल र स्कुटर ठाेकिँदा २ जना घाइते, अवस्था खतरामुक्त
थानकोट ।
सोमबार बिहान १०:४५ बजे बजे कलंकी-नागढुंगा सडक खण्डको सतुगंल सिजी पार्क नजिकै मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका छन् ।
प्रदेश ३ ४० प ५९२९ नम्बरको स्कुटर तथा बा ५३ प ८१५५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुवै सवारीसाधन चालकहरू घाइते भएका छन् ।
दुर्घटनामा चन्द्रागिरि नगरपालिका ०२ वाँड भञ्ज्याङ बस्ने स्कुटरचालक ४० वर्षीय सानुराज तामाङ तथा माेटरसाइकल चालक राेल्पा घर भइ तिनथाना बस्दै आएका २४ वर्षीय प्रकाश विकपनि घाइते भएका छन् ।
उनीहरू दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बलम्बु प्रभागका प्रमुख प्रहरी निरीक्षक सन्ताेष न्याैपानेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
तस्बिरः दिपक तिमल्सिना














