चन्द्रागिरि नगरले गत आर्थिक वर्षमा पुँजीगततर्फ ५९.६२ प्रतिशत बजेट खर्च गर्यो
थानकोट ।
गत आर्थिक वर्षमा काठमाडाैं उपत्यकाका २१ स्थानीय तहमध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकाले विकास बजेट खर्च गरेको छ ।
चाँगुनारायणले आर्थिक वर्ष सुरु हुनेबित्तिकै उपभोक्ता समिति सक्रिय बनाएर काम थालेकाले विकास बजेट धेरै खर्च भएको हो । जहाँ एक अर्ब आठ करोड ५६ लाख विनियोजन भएकोमा ८१.६७ प्रतिशत खर्च भएको छ ।
आर्थिक वर्ष ०७९/८० मा उपत्यकाका २१ स्थानीय तहमध्ये पनि काठमाडौं महानगरपालिकाको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ ।
महानगरले पुँजीगततर्फ विनियोजित बजेटमध्ये जम्मा २५.८४ प्रतिशत मात्र रकम खर्च गरेको छ भने बुढानीलकण्ठ नगरपालिकाले जम्मा ३८ प्रतिशत मात्र खर्च गरेको छ ।
यसैगरी चन्द्रगिरि नगरपालिकाले गत आर्थिक वर्षमा पुँजीगततर्फ खर्च एक अर्ब २६ करोड विनियोजन गरेको थियो । जसमध्ये ७५ करोड ५३ लाख अर्थात् ५९.६२ प्रतिशत खर्च गरेको छ ।
कीर्तिपुरमा ८४ लाख ६० हजार पुँजीगत बजेट विनियोजन भएको थियो । जसमध्ये ५० हजार ६५ लाख अर्थात् ५९.८६ प्रतिशत मात्र खर्च भएको छ ।
नागार्जुनले पुँजीगततर्फ एक अर्ब नौ करोड रकम विनियोजन गरेको थियो । जसमध्ये ४५ करोड अर्थात् ४१.२८ प्रतिशत मात्र खर्च भएको छ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।
दक्षिणकालीको पुँजीगततर्फ ५१ करोड ६४ लाख बजेट विनियोजन भएको थियो । जसमध्ये ३७ करोड ३५ लाख अर्थात् ७२.३३ प्रतिशत खर्च भएको छ ।
भुक्तानी हुन धेरै बाँकी योजनाहरू रहेकाले विकास बजेट खर्च कम देखिएको जनप्रतिनिधिहरू बताउँछन् ।














