यु-१९ साफ च्याम्पियनसिप २०२३ः नेपाल पाकिस्तानसँग १-० ले पराजित

Thankot Times

थानकोट ।

काठमाडौंमा बिहीबारबाट सुरू भएको यु-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो दिनको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको हो । पाकिस्तानका लागि निर्णायक गोल अलि जाफरले गरेका हुन् । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा अलि जाफरले गोल गर्दै पाकिस्तानलाई नेपालविरुद्ध गोल गरेका हुन जुन गोल निर्णायक बन्यो  । जाफरले डिबक्सबाहिरबाट गरेको प्रहारले सिँधै गोलपोष्टको जाली चुमेको थियो । 

नेपालले खेलको अन्तिम मिनेटसम्म खेलमा फर्कने प्रयास गरेपनि सफ हुन सकेन् ।  खेलको थपिएको पाँच मिनेटमा नेपालले एक पछि अर्को गोलका अवसर सृजना गरेपनि सफल हुन नसक्दा नेपाल पाकिस्तानसँग पराजित भएको हो ।

नेपाली गोलरक्षक तथा कप्तान जियारथ शेखले पाकिस्तानका एकपछि अर्का प्रहारलाई विफल पारेका थिए ।  खेलको पहिलो हाफको २७ औं मिनेटमा शाह जहानको फ्रिकिकलाई कप्तान तथा गोलकिपर जियारथ शेखले उत्कृष्ट बचाउ गरे । ४० औं मिनेटमा जहानले पेनाल्टी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई जियारथले बचाए ।
अब नेपालले दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ । 
आजै भएको पहिलो खेलमा समुह बी मा रहेको भारतले विजयी सुरुवात गरेको छ । भारतले बंगलादेशलाई ३–० गोलले पराजित गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *