त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

Thankot Times

थानकोट ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ ।

सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

फ्लडलाइट जडान भएपछि त्रिवि मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो एक वर्षभित्र लगातार सफलता हासिल गरेपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ