बृहत च्याउ मेला तथा परिकार महोत्सव आज

Thankot Times

थानकोट ।

बृहत च्याउ मेला तथा परिकार महोत्सव आज आयोजना हुँदैछ ।

च्याउ उत्पादक किसान संघ नेपालले राष्ट्रिय च्याउ दिवसको अवसरमा आज च्याउ ललितपुरस्थित जावालाखेल खेलमैदानमा सो मेलाको आयोजना गर्न लागेको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिएको सो मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल छन् । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म जारी रहने छ ।

च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिनेछ । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *