यस्तो छ आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।  तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भू–भागमा आंशिक बदली हुने, कोसी, वाग्मती र गण्डकी प्रदेशमा हिमपात तथा तराईमा हुस्सु/कुहिरोका कारण हुने चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ । 

अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *