कतै यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ आजको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण जाडो बढेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *