बिहानैदेखि धुम्म छ चन्द्रागिरि नगर क्षेत्रको आकाश, दिउँसो कस्तो रहला माैसम ?
थानकोट ।
अहिले चन्द्रागिरि नगर क्षेत्रको आकाशमा पूर्णत बदली भइरहेको छ ।
माैसम पूर्वानुमान महाशाखाले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा भने हुस्सु लागेको अवस्था छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राती कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।













