आज चन्द्रागिरिमा हिउँ पर्ने सम्भावना कति ? यसो भन्छन माैसमविद्
थानकोट ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बिहान पहाडी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने पानी नपर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । “काठमाडौं उपत्यकामा सामान्य बदली रहनेछ । तर वर्षाको सम्भावना भने छैन,” उनले भने ।
विभागका अनुसार राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।













