चन्द्रागिरि नगर क्षेत्रमा उस्तै चिसाे, आज हिमपातकाे सम्भावना कति ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरसहित देशभरकाे तापक्रम घट्ने क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षाको सम्भावना भने छैन् ।

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियसबीच रहनेछ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी,  वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *