काठमाडौंको तापक्रम निरन्तर घट्दो, अहिले बिहानको तापक्रम २.५ डिग्री सेल्सियस
थानकोट ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस पुगेको छ। शनिबार बिहान पौने ९ बजेको तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको हो।
मौसमविद् मीनकुमार अर्यालले यो वर्षको हालसम्मकै कम तापक्रम भएको जानकारी दिए।
उनका अनुसार यसअघि शनिबार बिहानको तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको थियो।
बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस थियो। तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ।













