कस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान ?

Thankot Times

थानकोट ।

फेरि मौसममा बदली हुने भएको छ।

शनिबार रातिदेखि नै बदली शुरु भएको र आइतबार विहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।  महाशाखाले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।

उनले पश्चिमी वायुको प्रभावले अहिले सुदुरपश्चिमबाट बादल प्रवेश गरिसकेको जानकारी दिँदै अब रातीबाटै बदली हुने बताए। यसअघि शुक्रबारसम्म केही दिन बदली भएर शनिबार खुलेको थियो।

सोमबारबाट भने क्रमश खुल्ने देखिएको पनि लामिछानेले बताए। सोमवार कोशी प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *